Section 11
नाम दर्ता गर्न थप प्रमाण माग गर्न सक्ने
(१) यस ऐन बमोजिम कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्रबाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गाधनी प्रमाणपूर्जा वा शैक्षिक योग्यताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको प्रमाण पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्तो व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमका कागजातहरु पेश गर्न नसक्ने व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गरिने छैन ।